काठमाडौ ।
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य फेरि बढेको छ। सोमबार घटेको सुनको मूल्य मंगलबार प्रतितोला तीन हजार आठ सय रुपैयाँले बढेर तीन लाख १७ हजार दुई सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको तुलनामा प्रतितोला तीन सय १० रुपैयाँले बढी हो।
सोमबार चाँदी प्रतितोला पाँच हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस पाँच हजार एक सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।











प्रतिक्रिया