एन्फा राष्ट्रिय लिग फुटबल अन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा दुई खेल हुँदै


काठमाडाैं ।

एन्फा राष्ट्रिय लिग फुटबल अन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा दुई खेल हुँदैछन्।

पहिलो खेल सवा १२ बजे मनाङ मर्स्याङ्दी क्लब र चित्लाङ एफसीबीच हुने भएको छ। ९ खेलबाट ९ अंक जोडेको मनाङ हाल ११औं स्थानमा रहेको छ। यस खेलमा चित्लाङलाई हराएमा मनाङ आठौं स्थानमा उक्लने मौका पाउनेछ। ७ अंकसहित तालिकाको पुछारबाट चौथो स्थानमा रहेको चित्लाङले मनाङलाई हराएमा नवौं स्थानमा उक्लन सक्नेछ।

दोस्रो खेल दिउँसो ४ बजे पुछारको नव जनजागृति क्लब र मच्छिन्द्र क्लबसँग हुने भएको छ। ८ खेलबाट १९ अंक जोड्दै मच्छिन्द्र तालिकाको पाँचौं स्थानमा रहेको छ। सो खेल जित्दा मच्छिन्द्र शीर्ष स्थानमा उक्लन सक्नेछ। लिगमा पहिलो अंकको खोजीमा रहेको नव जनजागृति क्लबले भने चुनौतीपूर्ण सामना गर्नेछ।