बैतडीमा समानुपातिक मत: रास्वपा अग्रस्थानमा


बैतडी ।

बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक मत परिणाम सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी २३,७३६ मत ल्याउँदै पहिलो स्थान हासिल गरेको छ। प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२,१३४ मत प्राप्त गरी विजयी भएका थिए।

नेकपा एमालेले १६,०४९ मत ल्याएको छ, भने प्रत्यक्षतर्फ एमालेका दामोदर भण्डारीले १७,०९१ मत प्राप्त गरेका थिए। नेपाली कांग्रेस १५,९०७ मतसहित तेस्रो स्थानमा रह्यो, प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दले १८,१९४ मत प्राप्त गरेका थिए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ६,३३५ मत ल्याएको छ, जबकि रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३,४७१ मत ल्याउँदै प्रत्यक्षभन्दा बढी मत पाएको छ। कुल ७२,३०८ समानुपातिक मत खसेकोमा ४,१२६ मत बदर भएका थिए।