काठमाडाैं ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली नागरिकलाई बधाई दिनुभएको छ।
प्रधानमन्त्री रहमानले सोमबार राति सामाजिक संजालमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गर्नुभएको छ। उहाँले नेपाली नागरिकको आकांक्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको सामर्थ्य यस निर्वाचनमा झल्किएको उल्लेख गर्नुभयो।
उहाँले बंगलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गर्दै आगामी दिनमा दुई देशबीच व्यापार, विकास र क्षेत्रीय सहकार्य विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ।
बंगलादेशमा सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि गत माघमा भएको चुनावमा बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत ल्याएपछि रहमान प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।











प्रतिक्रिया