इरानसँगको युद्ध छिटै अन्त्य हुनसक्छ अमेरिकी राष्ट्रपति ट्रम्पकाे भनाइ


काठमाडाैं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै सकिन सक्ने तर अमेरिकाले पूर्ण विजय हासिल गर्न चाहेको बताउनुभएको छ। उहाँले इरानले हर्मुज मार्ग अवरुद्ध गरेमा युद्ध अझ चर्किने चेतावनी पनि दिनुभएको छ।

ट्रम्पको टिप्पणीपछि मंगलबार एशियामा प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य घटेको छ। सोमबार प्रति ब्यारेल तेल ११५ अमेरिकी डलर पुगेको थियो। विश्लेषकहरूले हर्मुज मार्ग लामो समय अवरुद्ध भए मार्च अन्त्यसम्म तेल मूल्य १५० डलरसम्म पुग्न सक्ने अनुमान गरेका छन्।

हर्मुज मार्ग विश्वभर तेल र ग्यास आपूर्तिको लागि महत्वपूर्ण मानिन्छ। प्रत्येक दिन करिब २ करोड ब्यारेल तेल यस मार्ग हुँदै आपूर्ति हुन्छ। अमेरिका र इजरायलले गत महिनाको अन्त्यतिर इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव कायमै छ।