बजार अनुगमन पुनः शुरू, १७ फर्म जाँच


काठमाडाैं ।

प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको नियमित बजार अनुगमन पुनः शुरू भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गर्ने उद्देश्यले एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको जनाएको छ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।