लेबनानमा इजरायली हवाई आक्रमण : ३९४ जनाको मृत्यु


काठमाडाैं ।

लेबनानमा इजरायली सेनाको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ३९४ पुगेको छ। लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनका अनुसार मार्च २ यता भएका आक्रमणमा ८३ बालबालिका र ४२ महिलासहित ३९४ जनाको ज्यान गएको हो।

आक्रमणमा परी १,१३० जना घाइते भएका छन्, जसमा २५४ बालबालिका र २७४ महिला रहेका छन्। अधिकांश आक्रमण दक्षिणी र पूर्वी लेबनानका आवासीय क्षेत्र तथा नागरिक संरचनामा भएको बताइएको छ।

बेका उपत्यकामा भएको एक आक्रमणमा एउटै परिवारका ६ जना सदस्यको मृत्यु भएको छ। उद्धारका क्रममा स्वास्थ्यकर्मीलाई समेत निशाना बनाइँदा ९ स्वास्थ्यकर्मीको मृत्यु र १६ जना घाइते भएका छन्।

गत वर्ष नोभेम्बर २७ मा युद्धविराम लागू भएयता, हिजबुल्लाहले लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि क्षेत्रीय तनाव पुनः बढेको बताइएको छ।