काठमाडाैं ।
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी भू-भाग नजिकको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण मंगलबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो देशभर सामान्यतया बादल लाग्ने र पहाडी–हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यस्तै, राति गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी–हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र तराईका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया