समानुपातिक मतगणना अन्तिम चरणमा प्रवेश


काठमाडाैं । 

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएकाे हाे। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड २ लाख ३५ हजार मत गणना हुँदा रास्वपाले ४९ लाख १९ हजार मत कटाएको छ ।

यो कूल सदर मतको ४८ प्रतिशत बराबर हो । नेपाली कांग्रेसले १६ लाख ६५ हजार मत पाएको छ । त्यस्तै, नेकपा एमालेले १३ लाख ८३ हजार मत पाएको हाे । नेकपाले ७ लाख ४७ हजार, श्रम संस्कृतिले ३ लाख ४६ हजार मत पाउँदा राप्रपाले ३ लाख २१ हजार मत पाएको छ ।

यी ६ वटा राजनीतिक दलहरुले अहिलेसम्म समानुपातिक थ्रेसहोल्ड कटाएका छन् ।