परिणामपछि थापा–शर्मा संवाद, राजीनामाको चर्चा


काठमाडौँ ।

प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र आन्तरिक छलफल तीव्र भएको छ। यसै क्रममा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नयाँ बानेश्वरमा भेटवार्ता भएको छ।

छलफलका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको बताएका छन्। तर उपसभापति शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनले निर्वाचन परिणामलाई समग्र परिस्थितिको परिणामका रूपमा लिएर सूक्ष्म समीक्षा गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।