रामेछाप ।
उज्यालो नेपाल पार्टिका अध्यक्ष कुलमान घिसिङको गृह जिल्ला रामेछापमा उज्यालो नेपाल पार्टिको जमानत जफत भएको छ । उज्यालो नेपाल पार्टिले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको थियो । फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए ।
मतदान भएको मध्ये रास्वपा उम्मेदवार डा कृष्णहरि बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्नु भएको थियो । एमाले उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत¸ काग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत¸ नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टिका उम्मेदवार दिप बहादुर योन्जनले ७ हजार २ सय १० मत र श्रम संस्कृति पार्टिका उम्मेदवार ढाल बहादु खप्पाङ्गी मगरले १३ सय ३६ मत प्राप्त गरेका थिए ।
रामेछापमा ५ हजार ४८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । रामेछापमा रास्वपा¸ नेकपा एमाले¸ नेपाली काग्रेस र नेकपा बाहेकका दलको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम (जमानत) जफत हुने गर्दछ। रामेछापमा ३ जना स्वातन्त्र सहित १७ जना चुनावी मैदानमा थिए ।











प्रतिक्रिया