सर्लाहीमा १५४ उम्मेदवारको जमानत जफत


काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १५४ जना उम्मेदवारको जमानत जफत भएको छ।

निर्वाचन ऐन अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारले आवश्यक मत नल्याउँदा उनीहरूको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो।

जमानत जफत हुनेमध्ये पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका छन्। उम्मेदवारी दर्ता गर्दा राखिएको रकम जफत भई राज्यकोषमा जाने निर्वाचन आयोगले जनाएको छ।