काठमाडौं ।
राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा हुने भएको छ।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको धारा ८६ (२) बमोजिम नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ। शपथका लागि सदस्यहरूले निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र नागरिकताको प्रतिलिपीसहित पहिचान झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ।
राष्ट्रियसभाका रिक्त १८ पदका लागि गत माघ ११ गते चुनाव भएको थियो। निर्वाचन आयोगका अनुसार विभिन्न प्रदेशबाट निर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनेछन्।











प्रतिक्रिया