धादिङ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भएको धादिङ क्षेत्र नम्बर २ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ प्रतिद्वन्द्वी भन्दा ५ हजार ८ सय ६५ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ ।
श्रेष्ठले २६ हजार १ सय ४३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले २० हजार २ सय ७७ मत प्राप्त गर्नुभएको छ ।
मत परिणम अनुसार नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत र नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले ९ हजार ३७ मत प्राप्त गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले मत परिणामको आधिकारिक घोषणा हुन बाँकी छ ।
१ लाख ३८ हजार मतदातामध्ये ७५ हजार ५१ मतदान गरेका थिए । ७ स्थानीय सरकार रहेको धादिङ क्षेत्र नम्बर २ अन्तरगत नीलकण्ठ, ज्वालामूखी, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङमा रास्वपाले अग्रता कायम गरेको थियो । नेपाली काँग्रेसले खनियाबासमा, नेकपा एमाले गंगाजमुनामा र नेकपाले रुबीभ्याली गाउँपालिकामा अग्रता कायम गरेको थियो ।











प्रतिक्रिया