ताप्लेजुङ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार छितिज थेबे निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २५१ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन् । थेबेले १३ हजार ९६२ मत प्राप्त गरे । यस्तै तुम्याहाङले ११ हजार ७११ मत पाए । यहाँ १३ दलका उम्मेदवार चुनावी मैदानमा थिए । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाकी छ ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री (पराग) ले ६ हजार ७७५ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत प्राप्त गरेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापाले १८५, जसपा नेपालका सूर्य गुरुङले ५५, मङ्गोल नेशनल अर्गनाइजेसनका सन्तबहादुर लिम्बूले ५०, नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बूले ४६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बूले २२१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपती पौडेलले १५५, उज्यालो नेपाल पार्टीका कृतिमान मादेनले २३२ र जनता समाजवादी पार्टीका अरुण लेछर्बोले १४१ मत प्राप्त गरेका छन् ।
ताप्लेजुङमा प्रतिनिधि सभा सदस्य पदका लागि भएको यस निर्वाचनमा ९२ हजार ३२७ मतदाता रहेका थिए। मतदानमा कुल ४५ हजार ५८३ मत खसेको थियो । उक्त मध्ये २ हजार ८६ मत बदर भएको छ । यस अघि २०७४ र २०७९ को निर्वाचनमा नेकपा एमालेकै योगेशकुमार भट्टराई निर्वाचित भएका थिए ।











प्रतिक्रिया