सिन्धुलीमा बिहान ११ बजे देखि प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु हुने 

940
Shares

सिन्धुली। 

सिन्धुलीमा बिहान ११ बजे देखि प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजे देखि दुवै निर्वाचन क्षेत्रकाे मत गणना सुरु गर्ने निर्णय गरेको हाे । सिन्धुलीमा मतगणना क्रम निर्धारण

सिन्धुलीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना क्रम निर्धारण गरिएको छ। हाल सर्वदलीय बैठककाे निर्णय अनुसार क्षेत्र नं. २ को मतगणना सुनकोशी गाउँपालिकाबाट सुरु हुने भएको छ। त्यसपछि क्रमशः घ्याङ्लेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र अन्तिममा कमलामाई नगरपालिकाको मतगणना गरिनेछ।

त्यसैगरी क्षेत्र नं. १ मा मतगणना फिक्कल गाउँपालिकाबाट सुरु भई क्रमशः गोलन्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका र अन्तिममा कमलामाई नगरपालिका वडा नं. ९, १३ र १४ को मतगणना गरिने जानकारी दिइएको छ।