वासिङ्टन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो विश्रामस्थलमा आइतबार जबर्जस्ती प्रवेश गर्न खोजेका एक २० वर्षीय युवकको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ।
प्रहरीका अनुसार ती युवकले सुरक्षा घेरा तोडेर परिसरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए। त्यस क्रममा त्यहाँ खटिएका सुरक्षाकर्मीले चेतावनी दिएपछि पनि नरोकेकाले गोली प्रहार गरिएको बताइएको छ। गम्भीर घाइते भएका युवकलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि सुरक्षालाई थप कडा बनाइएको छ भने प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। युवकको परिचय र उनको उद्देश्यबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।











प्रतिक्रिया