लन्डन, (एजेन्सी) ।
रियल मेड्रिडले च्याम्पियन्स लिगअन्तर्गत् प्लेअफको पहिलो लेगमा बेन्फिकालाई १–० ले हराएको छ । भिनिसियसले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भएपछि स्पेनी ला लिगा टोली रियलले जित निकालेको हो । यसै गोलपछि भिनिसियस आफूमाथि केही अभद्र टिप्पणी गरेको भन्दै रिसाए । उनी केही समय बेन्चमा बसेका थिए । टोलीका अन्य खेलाडीहरू पनि मैदानबाहिर आएपछि खेल करिब १० मिनेट रोकिएको थियो ।
रियलले खेलमा लगातार दबाब कायम राखेको थियो । खेलमा पछि परेको अवस्थामा बेन्फिकाका प्रशिक्षक जोजे मारिन्होले दुई पहेँलो कार्ड पनि पाए । उनी रातो कार्डको भागीदार भएका थिए । उनी दोस्रो लेगमा टचलाइनमा बस्न पाउने छैनन् ।
यसअघि प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा बेन्फिकाले रियललाई ४–२ ले हराएर प्लेअफ खेल्ने तय गरेको थियो । रियल यो हारले नकआउट चरणमा पुग्न प्लेअफ खेल्नु पर्ने भएको थियो ।
पीएसजीको जित
गत संस्करणको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोविरुद्धको पहिलो लेगमा ३–२ को पुनरागमन जित निकालेको छ । मोनाकोले खेलमा २–० को अग्रतामा लिएपनि पीएसजीले नतिजा उल्ट्याउँदैं सानदार जित हासिल गरेको थियो ।खेलको पहिलो मिनेटमै फोलारिन बालोगुनले गोल गर्दै मोनाकोलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि १८औं मिनेटमा उनैले अर्को गोल थप्दा मोनाकोले पीएसजीलाई २–० ले पछि पार्न सफल भएको थियो ।
तर, पीएसजीले यसको चार मिनेटमै पेनाल्टीको अवसर पाउको थियो । तर, भितिन्हाको पेनाल्टी प्रहारलाइृ मोनाकोका गोलकिपर फिलिप कोनले बचाए । यसले पीएसजी गोलअन्तर खुम्च्याउन विफल भएको थियो ।
२९औं मिनेटमा डुएले गोल गर्दै पीएसजीलाई २–१ को अवस्थामा ल्याए । त्यसपछि ४१ औं मिनेटमा डुएको प्रहार गोलकिपरले रोक्दा रिबाउन्डमा अशरफ हाकिमीले गोल गर्दै खेल २–२ बराबरीमा पु¥याए । ६७औं मिनेटमा डुएले आफ्नो दोस्रो गोल गर्दै पिएसजीलाई ३–२ को अग्रतामा राखे । यो स्कोर अन्तिमसम्म रहेपछि पीएसजीले सम्भावित हार टारेको थियो ।
च्याम्पियन्स लिगको अन्य प्ले अफको पहिलो लेगमा बोरुसिया डर्टमुन्ड र गालातासरे विजयी भएका छन् । डर्टमुन्डले एटलान्टालाई २–० र गालातासरे युभेन्टसलाई ५–२ ले हराएका थिए ।











प्रतिक्रिया