काठमाडौँ।
पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बन्नु जिल्लामा सोमबार बिहान भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार बिहान करिब १० बजे मिरियान प्रहरी स्टेशनको मुख्य गेटअगाडि विष्फोट भएको हो।
घटनापछि सुरक्षा बल र उद्धार टोली तत्काल घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ, जसमा केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
प्रहरीले विष्फोटको प्रकृतिबारे अनुसन्धान सुरु गरेको जनाएको छ। यसैबीच फैसल करिम कुन्डीले घटनाको निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।











प्रतिक्रिया