काठमाडौँ।
काठमाडौं उपत्यकामा हुने विभिन्न विरोध, प्रदर्शन, बन्द–हड्ताल, मेला–पर्व, खेलकुद तथा अन्य आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रणमा उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना प्रहरी अधिकृत पुरस्कृत भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवनकुमार भट्टराई र प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयले रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो।
त्यसैगरी, प्रहरी वृत्त सिंहदरबार, काठमाडौंलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्ति तथा पूर्वाधार विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सोही वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलाई समेत पुरस्कृत गरिएको छ।
उक्त कार्यहरूले अन्य प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न तथा उत्कृष्ट कार्य सम्पादनतर्फ उत्प्रेरित गर्न योगदान पुग्ने विश्वासका साथ पुरस्कृत गरिएको जनाइएको छ।











प्रतिक्रिया