टी २० विश्वकपमा नेपालबाट दुई अर्धशतक

0
Shares

नेपालले योसमेत गरी अहिलेसम्म ३ पटक टी २० क्रिकेट फरम्याटको विश्वकप खेलेको छ । यी तीन विश्वकप खेल्दा नेपालको तर्फबाट दुई खेलाडीले अर्धशतक बनाएका छन् । जसमा, सुवास खकुरेल र दीपेन्द्र सिंह ऐरी हुन् ।

पहिलो पटक खेलेको २०१४ को टी २० विश्वकपमा सुवास खकुरेलले अर्धशतक बनाएका थिए । यसपछि जारी टी २० विश्वकपमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका हुन् ।

यस विश्वकपमा दीपेन्द्र सिंह ऐरीले वेस्ट इन्डिजविरुद्ध बनाएको ५८ रन नेपालको तर्फबाट व्यक्तिगत उच्चतम योगदान पनि बन्यो । यसअघि सुवासले अफगानिस्तानविरुद्ध बनाएको ५६ रन नेपालको तर्फबाट व्यक्तिगत उच्चतम योगदान थियो ।