लामिनारको ‘मोनोलिथ डिजिटल फुल–बडी’ टायल सार्वजनिक


काठमाडौँ ।

लमिनार टायल्सले नयाँ प्रडक्ट ‘मोनोलिथ डिजिटल फुल–बडी’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार मोनोलिथ डिजिटल डिजाइन र फुल–बडी प्रविधिको संयोजनमा आधारित छ । कम्पनीका प्रबन्ध निर्देशक अशुतोष खेतानले मोनोलिथमार्फत आफूहरुले प्राकृतिक ढुंगाको सुन्दरतालाई सरल र आधुनिक टायल भाषामा प्रस्तुत गराएको बताए । जसले प्रतिकूल वातावरण र दीर्घकालीन प्रयोगमा पनि आफ्नो गुणस्तर कायम राख्ने उनको भनाइ छ ।

मोनोलिथलाई आधुनिक घर तथा सार्वजनिक स्थानमा प्रयोग गर्नका लागि तयार गरिएको हो । कम्पनीले यसलाई सन्तुलित र टिकाउ टायलका रुपमा प्रस्तुत गरेको छ । यो टायलमा चूनढुंगा, बालुवा, खरानी, स्लेट र ज्वालामुखीय काँच जस्ता प्राकृतिक तत्व मिसाइएको छ ।

सामान्यतया ग्लेज्ड टायलमा लामो समय प्रयोग गर्दा सतह घिसिँदै भित्रको फरक रङ देखिन थाल्ने समस्या देखिन्छ तर मोनोलिथ डिजिटल फुल–बडीमा उक्त समस्या नरहने कम्पनीको भनाइ छ । साथै डिजाइनमा पनि विविधता भएको कम्पनीले जनाएको छ । यो टायल म्याट कार्भिङ, ग्रानुलर म्याट र ग्रिट टेक्स्चुरा ब्राण्डमा उपलब्ध छन् भने नघिस्रिने, नकोरिने र नचिप्लिने जस्ता प्राविधिक मापदण्ड पनि पूरा गरिएको छ ।

जसका कारण टायललाई पानी पर्ने वा भिज्ने स्थान, बाहिरी क्षेत्र तथा उच्च आवतजावत हुने ठाउँका लागि उपयुक्त मानिएको छ ।मोनोलिथ सग्रह लमिनारले हालै एनएस ६१७ः२०८२ प्रमाणिकरण प्राप्त गरेपछि प्रडक्ट सार्वजनिक गरिएको हो । उक्त प्रमाणिकरणअनुसार लामिनारका टायल पूर्ण भिट्रिफाइड तथा राष्ट्रिय मापदण्डको उच्चतम श्रेणीमा वर्गीकृत छन् ।