काठमाडौ ।
पाकिस्तानले टी–२० विश्वकपको समूह चरणमा भारतसँग खेल्ने निर्णय गरेको छ।
यसअघि भारतसँग खेल नखेल्ने घोषणा गरेको पाकिस्तान सरकारले निरन्तर छलफलपछि सोमबार राति आईसीसीसँग सहमतिमा खेल्ने निर्णय गरेको हो। आईसीसी र पाकिस्तान क्रिकेट बोर्डले संयुक्त विज्ञप्ति जारी गर्दै वार्ता सफल भएको जानकारी दिएका छन्।
भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी १५ तारिख, आइतबार श्रीलंकाको कोलम्बोमा हुने छ। छलफलका क्रममा भारतमा खेल्न अस्वीकार गर्दै विश्वकप बहिष्कार गरेको बङ्गलादेशलाई कारबाही नगर्ने निर्णय पनि गरिएको छ।
यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेसँग पनि छलफल गर्नुभएको थियो।
आईसीसीले इमानदारी, तटस्थता र सहयोगका आधारमा खेलको हितमा निर्णय भएको जनाएको छ।











प्रतिक्रिया