काठमाडौ ।
ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा आज बिहान भूकम्प गएको छ। बिहान २ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको केन्द्र नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको बताइएको छ। भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।











प्रतिक्रिया