काठमाडौँ ।
आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज मुम्बईको वानखेडे स्टेडियममा नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिँदै हौसला बढाएकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले विश्वभर रहेका नेपाली प्रशंसकको साथ र विगतका सफलताको ऊर्जा बोकेर मैदानमा उत्रिएको नेपाली टोलीलाई ‘विजयी भवः’ भन्दै सफलताको कामना गरेकी छन्।












प्रतिक्रिया