काठमाडौं ।
भ्याली पब्लिक र ड्याफोडिल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले किङडम हिमालयनलाई ३५–३० ले पराजित ग¥यो । भ्यालीको जितमा अशोक विकले ११ अंक योगदान गरे ।
यस्तै, काल्साङ तामाङको १८ अंक सहयोगमा ड्याफोडिलले पारामाउन्ट एकेडेमीलाई ४१–३७ ले हरायो । सेबले न्युटनलाई ३७–३१ ले पाखा लगायो । सेबका अंश श्रेष्ठले ७ अंक बटुले ।
गल्र्समा भ्याली पब्लिकले टीआईएलाई २७–१५, बागमतीले क्यान्भास बसन्त ऋतुलाई २५–२१, न्युटनले ग्रिनल्यान्डलाई २०–१७ र फेरिल्यान्ड इन्टरनेसनल स्कुलले काठमाडौं भ्यालीलाई २७–१७ ले पन्छ्याउदै अन्तिम चारको यात्रा तय गरे । भ्यालीकी सपना गिरीले ७, बागमतीकी रेश्मिता पाख्रेलले १०, न्युटनकी इरनी राना मगरले ११ र फेरिल्यान्डकी करुणा बोगटीले १२ स्कोर गरे ।











प्रतिक्रिया