काठमाडौँ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ ।
‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहक टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्ने छन् । कम्पनीले यसअघि २७.४९ लाख रुपियाँ बजार मूल्य रहेको टियागो इभीलाई भ्यालेन्टाइन डे अफर अन्तर्गत सीमित अवधिका लागि मात्र २४.९९ लाख रुपियाँ कायम गरेको छ । यो सबै नयाँ टियागो इभिमा लागु हुनेछ ।
नयाँ प्रविधि र आधुनिक जीवन शैली सुहाउँदो सवारी साधन रोज्न चाहने ग्राहकका लागि यो योजना एउटा उत्कृष्ट अवसर हुने कम्पनीको विश्वास छ । विशेष गरी शहरको भिडभाडमा सहज यात्रा सुनिश्चित गर्ने र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता र नयाँ जोडी माझ लोकप्रिय बन्दै गएको छ ।
टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, शहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो । सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ । इच्छुक ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका शोरुममा गई यस अफरको लाभ लिन सक्ने छन् ।











प्रतिक्रिया