काठमाडौँ ।
कैलालीको लम्कीचुहा नगरपालिका–५, तिकलपुरस्थित भित्री सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा ३२ वर्षीय दीपेन्द्र रावलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका रावललाई लालरत्न अस्पताल लम्कीमा प्राथमिक उपचार पछि थप उपचारका लागि टीकापुर अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान सुरु गरेको छ।











प्रतिक्रिया