काठमाडौँ ।
क्रिकेटको छोटो संरचनाको महाकुम्भ मानिने आइसिसी टी–२० विश्वकप शनिबारदेखि भारत र श्रीलङ्कामा सुरु हुँदै छ । २० टिम सहभागी हुने प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो । ३० दिनसम्म चल्ने विश्वकपमा ५५ खेल हुने छन् भने हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् ।
समूह ‘सी’ मा रहेको नेपालले इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्ने छ । हालै वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएको नेपाललाई यसपालि सुपर–८ पुग्ने दाबेदारका रूपमा हेरिएको छ । कप्तान रोहित पौडेलले पनि यस विश्वकपमा अर्को चरणमा पुग्ने लक्ष्य लिएको बताउनुभएको छ ।
नेपाली टिमको खेलका सबै टिकट बिक्री भइसकेका छन्, जसले नेपाली समर्थकको उत्साह झनै बढाएको छ । उपाधिका लागि भारत, इङ्ग्ल्यान्ड र अस्ट्रेलिया प्रमुख दाबेदार मानिएका छन् भने विश्वकप राजनीतिक विवाद र स्वास्थ्य चिन्ताबीच सुरु हुँदै छ ।











प्रतिक्रिया