काठमाडौँ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी, गण्डकीसहित हिमाली र उच्च पहाडी भूभागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति तराईका थोरै स्थानमा हुस्सु रहने र बाँकी अधिकांश भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।











प्रतिक्रिया