काठमाडौँ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने मध्य–वर्षीय व्यवसाय रणनीति सम्मेलन उत्साहजनक तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त सम्मेलनअन्तर्गत औपचारिक सत्र काभ्रेको सुकुटे क्षेत्रमा आयोजना गरिएको थियो । साथै सहभागीलाई दोलखा जिल्लाका रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोक र शैलुङको भ्रमण गराई ताजगी, प्रेरणा र टोली भावनाको अभिवृद्धि गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको मध्यावधि व्यवसायिक प्रगतिसमीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीहरूको मनोबल उच्च बनाउने उद्देश्यले आयोजना गरिएको यस सम्मेलनमा व्यवस्थापन टोली, केही विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित जम्मा ७७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिमाथि गहन छलफल गरिएको थियो ।
सम्मेलनको मुख्य आकर्षणका रूपमा चालु आर्थिक वर्षको मध्यावधिसम्म शतप्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टोलीद्वारा सम्मान गरिएको थियो । यस सम्मानले कम्पनीका शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको विश्वास कम्पनीले व्यक्त गरेको छ ।
त्यसैगरी कार्यक्रममा कम्पनीका सेवालाई अझ ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा सरल बनाउने उद्देश्यले आवश्यक प्रशासनिक सुधारका विषयमा पनि विस्तृत छलफल गरिएको थियो । सेवा प्रक्रियालाई छिटो, पारदर्शी र सहज बनाउने लक्ष्यसहित व्यवस्थापन तह र शाखा तहबीच समन्वयात्मक छलफल गरिएको थियो ।
कम्पनीले आगामी दिनहरूमा पनि नवीनतम डिजिटल सेवाहरूको विस्तार गर्दै लैजाने, नियामकीय निर्देशनको पूर्ण पालना गर्ने तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।











प्रतिक्रिया