राष्ट्रपति पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किए


काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापान भ्रमण पूरा गरी आज नारिता विमानस्थलबाट स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिनको औपचारिक भ्रमणमा जापान पुगेका थिए।

भ्रमणका क्रममा उनले टोकियोमा आयोजित विशेष स्वागत समारोहमा सम्बोधन गरेका थिए र इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गरेका थिए। साथै, जापानका प्रधानमन्त्री सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेटवार्ता पनि सम्पन्न गरेका थिए।

राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय र यहाँ रहेका नेपालीहरूको कार्यक्रममा पनि सम्बोधन गरेका थिए। भ्रमणका क्रममा उनले जापानस्थित नेपाली दूतावासको अवलोकनसमेत गरेका थिए।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछी नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा दूतावास स्थापना गरेको थियो।