काठमाडौँ
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अगैयास्थित अगैया स्प्रिङ रिभरसाइड रिसोर्टमा चारदिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ (सिस्ट) तालिम १९ गतेदेखि सुरु गरेको छ । उक्त तालिम २२ गतेसम्म सञ्चालन हुनेछ ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यस्ता तालिमले अभिकर्ताको सीप विकाससँगै संस्थागत क्षमता अभिवृद्धिमा समेत सहयोग पु¥याउने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवनसिंहमुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दीपेन्द्र रावत अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । तालिममा अभिकर्तालाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह, आधुनिक बिक्री सीप तथा प्रविधिमैत्री बीमा अभ्याससम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
तालिमका विषयवस्तुमा अभिकर्तालाई आत्मविश्वासी र दक्ष बनाउने, बिक्री तथा सेवा क्षमतामा सुधार ल्याउने, अभिकर्ता पेशालाई व्यावस्थित, सम्मानजनक र प्रोफेसनल बनाउने तथा बीमासम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने विषय समावेश छन्। मुख्य प्रशिक्षकका रूपमा गणेश चौलागाई, भुवन सिंह मुरी मगर र दिपेन्द्र रावतले प्रशिक्षण प्रदान गर्नुहुनेछ ।
यस तालिमले स्थानीय अभिकर्तालाई बीमा सेवामा अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बन्न प्रेरित गर्ने विश्वास आयोजक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिएको छ। हाल कम्पनीले देशभर १४८ शाखा तथा उपशाखामार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया