लन्डन, (एजेन्सी) ।
काजाकस्तानकी एलेना रिबाकिनाले अस्टे«लियन ओपनको महिला सिंगल्समा उपाधि जितेकी छन् । शनिबार मेलबर्न कोर्टमा भएको फाइनल खेलमा रिबाकिनाले बेलारुसकी एरिना सबालेन्कालाई हराएकी हुन् ।
विश्व नम्बर एक सबालेन्काविरुद्ध ६–४, ४–६, ६–४ सेटले जित्दै रिबाकिना अस्टे«लियन ओपनमा नयाँ च्याम्पियन बनिन् । साथै उनले २०२३ को फाइनलको हार पनि लिइन् । सो वर्ष सबालेन्काले रिबाकिनालाई तीन सेटमै हराएर उपाधि जितेकी थिइन् ।
रिबाकिनाको करिअरमा यो दोस्रो ग्रान्डस्लाम उपाधि पनि हो । यसअघि उनले २०२२ को विम्बल्डन महिला सिंगल्समा उपाधि जितेकी थिइन् । उनले सन् २०१८ मा काजाकस्तानको राष्ट्रियता लिएकी थिइन् । यसअघि उनले रुसको लागि खेलेकी थिइन् ।
यो हारले सबालेन्काको लागि करिअरको पाँचौं ग्रान्डस्लाम उपाधि जित्न वंचित गरायो । उनको अस्टे«लियन ओपनमा योे लगातार चौथो फाइनल पनि थियो । अस्टे«लियन ओपनमा २०२३ र २०२४ मा उपाधि जितेकी उनी गत वर्ष रनरअप बनेकी थिइन् । गत वर्षको फाइनलमा अमेरिकी खेलाडी मेडिसन किज च्याम्पियन बनेकी थिइन् ।











प्रतिक्रिया