काठमाडौं ।
लर्ड माइकल एशक्रफ्ट ( माइकल एन्थोनी एशक्रफ्ट, ब्यारोन एशक्रफ्ट) अहिले नेपालमा रहेका छन् । बेलायतको कन्जर्भेटिभ पार्टीका पूर्वउपाध्यक्ष, काेषाध्यक्ष, र हाउस अफ लर्ड्सका सदस्यसमेत रहेका उनी पार्टीका प्रमुख दाता पनि हुन् ।
जनमत सर्वेक्षणमा उनले ‘लर्ड एशक्रफ्ट पोल्स’ स्थापना गरेका छन्, जसले राजनीतिक सर्वेक्षणहरू सञ्चालन गर्छ। उनी जनवरी ३० तारिखमा नेपाल आइपुगेका थिए र जनवरी ३१ बाट पोखरा भ्रमण गरिरहेका छन्। उनको निजी जेट युनाइटेड किङ्गडमबाट माल्टा र सिङ्गापुर हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
भ्रमणको उद्देश्य आधिकारिक रूपमा खुलाइएको छैन, तर उनको भ्रमण निर्वाचन, पर्यटनसँग सम्बन्धित वा परोपकारी गतिविधिसँग जोडिएको हुन सक्ने अनुमान गरिएको छ।
उनले आफ्नो एक्स (ट्विटर) खाताबाट (Good morning from Nepal…) भन्दै फोटो पोस्ट गरेका छन्। नेपालकाे निर्वाचनलाई पश्चिमी देशहरूले चासोका साथ हेरिरहेको चर्चा चलिरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।











प्रतिक्रिया