काठमाडौं ।
स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने तयारी गरेसँगै त्यहाँ रहेका हजारौं नेपालीमा आशा बढेको छ । तर, नेपाली दूतावास म्याड्रिडबाट समयमै राहदानी नबन्दा धेरै नेपाली उक्त अवसर गुम्ने डरमा छन् ।
सीमित जनशक्ति र प्राविधिक क्षमताका कारण दूतावासले हप्तामा सीमित संख्यामा मात्र राहदानी सेवा दिँदा एपोइन्टमेन्ट पाउनै मुस्किल भएको गुनासो छ ।
एनआरएनए स्पेनले सबैलाई फारम भर्न पाउने व्यवस्था र विशेष टोली खटाएर घुम्ती शिविर सञ्चालन गर्न सरकारसँग माग गरेको छ । समयमै राहदानी नबने हजारौं नेपाली स्पेनको कानुनीकरण प्रक्रियाबाट बञ्चित हुने खतरा बढ्दै गएको छ ।











प्रतिक्रिया