बारामतीमा विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको मृत्यु


भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

काठमाडौं । 

महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको बारामतीमा विमान दुर्घटनामा परी मृत्यु भएको छ।

मुम्बईबाट बारामती जाँदै गरेको निजी विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दुर्घटनामा पवारसहित उनका व्यक्तिगत सहायक, सुरक्षाकर्मी र विमान दलका सबै सदस्यको मृत्यु भएको बताइएको छ।