नेशनल लाइफद्वारा अभिकर्तालाई तालिम प्रदान


काठमाडौं ।

नेशनल लाईफ इन्स्योरेन्स ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्तालाई तालिम प्रदान गरेको छ ।

प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका १२० जना अभिकर्तालाई ईलामको फिक्कल स्थित होटल एकोम (होटल एकोम)मा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।