काठमाडौँ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किजमको मिलनले राज्य कमजोर हुने र नागरिक विभाजित हुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरल उत्तर बेचेर जटिल समस्या बिगार्ने पपुलिजम र व्यवस्थालाई नै शत्रु ठान्ने एनार्किजम दुवै खतरनाक रहेको उल्लेख गरे ।
नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच, तथ्य र भावनाको छुट्याइ तथा लोकतान्त्रिक विधिबाट असहमति राख्नुपर्नेमा उनले जोड दिए । राजनीतिक अस्थिरता र सामाजिक अराजकता नै मुख्य समस्या भएको पोखरेलको भनाइ छ ।












प्रतिक्रिया