जिल्ला सभापतिमार्फत देउवाको साथ खोज्दै गगन थापा


काठमाडौँ ।

नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनावलाई केन्द्रमा राख्दै ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गरेको छ । विशेष महाधिवेशनका हार–जितको चर्चा नगरी आगामी चुनावमा केन्द्रित हुन पार्टीले आग्रह गरेको छ ।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा निवर्तमान सभापति शेरबहादुर देउवाको साथ र भूमिकाप्रति विश्वास व्यक्त गरिएको छ ।

बदलिँदो राजनीतिक परिस्थितिमा उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिबद्धतासहित अघि बढ्दै कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै निकाय सक्रिय हुनुपर्ने उल्लेख गरिएको छ ।