रौतहट ।
पछिल्लो दुई वर्षदेखि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर अन्तर्गत रहेको बन पैदावार आपूर्ति समितिले काठ तथा दाउरा बिक्री नगर्दा उपभोक्ताहरू मर्कामा परेका छन् । स्थानीय उपभोक्ताहरूले दैबि प्रकोप, बिकास निमार्ण, नयाँ घर निर्माण तथा मर्मत, त्यस्तै दैनिकीका लागि आवश्यक दाउरा तथा काठ बन पैदाबर आपूर्ति समितिले बिक्री नगर्दा उपभोक्ताहरु मर्कामा परेको गुनासो गरेका छन् ।
समितिबाट नियमित रूपमा काठ–दाउरा बिक्री नहुँदा उपभोक्ताहरूको आबश्यक्ता पुरा हुन सकेको छैन तर डिभिजन बन कार्यालय रौतहटले भने काठ दाउरा लिलाम गरेर ब्यबसायीलाई भने बिक्री गर्दै आएको छ । आपूर्ति समितिमा विभिन्न पालिकाको विभिन्न उपभोक्ताहरुको आर्थिक वर्ष ०८१-८२ मा दैबी प्रकोप काठको लागि ६२ वटा र आर्थिक वर्ष ०८२-८३ को लागि २९ वटा निवेदन, यस्तै आर्थिक वर्ष ०८१-८२ मा घरकाजको लागि ९५ र आर्थिक वर्ष ०८२-८३ को लागि ४२ वटा निवेदन परेको छ । उपभोक्ताहरूले आफ्नो आवश्यकताका आधारमा पटक–पटक आपूर्ति समितिमा निवेदन पेश गरे पनि ती निवेदनहरू हालसम्म कुनै सुनुवाइ नहुँदै त्यतिकै थन्किएको बताइएको छ ।
बनपैदाबर आपूर्ति समितिले मागेको काठ डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले उपलब्ध नगराउँदा उपभोक्ताले खरिद तथा उपभोग गर्न नपाएका हुन डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरलाई समितिले विभिन्न साामुदायिक बन साझेदारी बन, राष्ट्रिय बन बाट उपभोक्ता लाई सहजै उपलब्ध गराउन १६ हजार गोलिया काठ मा गरेपनि कार्यालयको बेवास्ताले उपभोक्ताको पाउनु पर्ने काठको अधिकार वञ्चित भएको छ । घर आगलागि भएपछि दुई वर्ष अघि काठको लागि निवेदन दिएका गौर नगरपालिकाका लक्ष्मि बैठाले अझै काठ नपाएको दुखेसो गरेका छन् । यस विषयमा डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले दाउरा बिक्री सुरु भैसकोके र एक साता पछि उपभोक्ता लाई काठ बिक्रीको प्रक्रिया थालिने बताए ।











प्रतिक्रिया