स्कुल बसको ठक्करबाट बालिकाकाे मृत्यु


नवलपरासी। 

पूर्वी नवलपरासीको केउरेनी स्थित नेपाल नमुना माविको बसले सोमबार ठक्कर दिँदा  ४ वर्षीय बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मृत्यु हुनेमा साेही बिद्यालयकाे नर्सरीमा पढ्ने छात्रा सुष्मा कुमारी पासवान रहेकी छन् ।
पासवानलाई लु १ क ३८१४ नम्बर बसले ब्याक गर्ने क्रममा विद्यालय प्राङ्गण भित्रै ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते छात्रा पासवानलाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकोमा बिहान १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस र चालक देबचुली १ निवासी ५१ वर्षीय जगन्नाथ लम्साललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको बताएको छ ।
बारा जिल्ला कलैया ६ घर भएको मृतक बालिका पासवानकाे परिवार देबचुली १४ सातघरेमा बस्दै आएका छन् ।