उदयपुर।
जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका वडा नं ६ लालपताबाट आइतबार दिउँसो ३ बजेतिर एक जनालाई प्रतिबन्धित लागु औषधसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएका जानकारी अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नं ६ लालपत्ता चोकस्थित सवारी चेकिङ गर्ने क्रममा १५० एम्पुल प्रतिबन्धित लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ ।
लाहानबाट गाईघाटतर्फ आउदै गरेको बा ९५ प ६२९१ नं। को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक त्रियुगा नगरपालिका वडा नं ११ बस्ने वर्ष २६ को सविन राईको साथबाट डाइजेपाम(५० एम्पुल, फेनारगन ५० एम्पुल, ब्रुपिनोर्फिन(५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध र २ थान सिरिन्ज सहित निजलाई नियन्त्रणमा लिई लिएको हो ।
पक्राउ परेका सविनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया