आयोजक फेरिल्यान्डको सफल सुरुआत


काठमाडौं।

आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । फेरिल्यान्डले जुनियर ब्वाइजमा राहुल मग्रातीको ११ स्कोरको सहयोगमा बीएमसीएलाई २१–१६ ले पराजित ग¥यो । यस्तै, जुनियर गल्र्समा फेरिल्यान्डका ‘ए’ टोलीले सेन्ट जोसेफलाई ४४–३४ तथा ‘बी’ टोलीले हिमशिलालाई १६–१२ ले हराए । फेरिल्यान्ड ‘ए’ की करुणा बोगटीले १५ अंक जोडिन् ।

कपनमा भइरहेको प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता समेत रहेका वडा १० का अध्यक्ष नवराज भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल माघ १६ गते हुनेछ ।