काठमाडौं
त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयमा लगाइएको ताला तत्काल खोल्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति तथा विकास अध्ययन विषयमा लिइँदै आएको शुल्क तथा जन प्रशासन क्याम्पसको भर्ना प्रक्रियालाई लिएर विभिन्न विद्यार्थी संघ–संगठनको नाममा त्रिवि केन्द्रीय कार्यालय (उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालय) मा ताला लगाइएको थियो।
त्रिविका अनुसार ताला बन्दीका कारण विश्वविद्यालयको नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ। साथै, यस प्रकारको गतिविधि सम्मानित सर्वोच्च अदालतबाट २०८२ असार १८ गते जारी भएको अन्तरिम आदेशको प्रत्यक्ष उल्लङ्घन हुन सक्ने जनाइएको छ।
शुल्कसम्बन्धी विषयमा विश्वविद्यालयले पुनरावलोकन कार्यदल गठन गरी काम अघि बढाइसकेको जानकारी दिँदै माघ १२ गते बिहान ८ बजेसम्म ताला खोल्न त्रिविले हार्दिक अनुरोध गरेको छ।
निर्धारित समयभित्र ताला नखोलिएमा सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार प्रहरी प्रशासनको सहयोगमा ताला खोलिने समेत त्रिविले स्पष्ट पारेको छ।












प्रतिक्रिया