भोजपुर ।
सीताराम–पदमकुमारी फाउण्डेसनले भोजपुर जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत SEE मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई छात्रावृत्ति वितरण गरेको छ।

शैक्षिक पहुँच कमजोर रहेका ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउण्डेसनले जिल्लाका सात वटा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको हो। छात्रावृत्ति प्राप्त गर्ने विद्यालयहरूमा सगरमाथा माध्यमिक विद्यालय, सिक्रेटार, महेन्द्रोदय माध्यमिक विद्यालय, जरायोटार, कट्का माध्यमिक विद्यालय, याडपाड, चम्पे माध्यमिक विद्यालय, चम्पे, शारदा माध्यमिक विद्यालय, प्याउली, विश्वप्रेमी माध्यमिक विद्यालय, याकु तथा अरुणोदय माध्यमिक विद्यालय, चरम्बी रहेका छन्।
फाउण्डेसनका तर्फबाट दुर्गम क्षेत्रका प्रतिभावान विद्यार्थीहरू आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै आइएको जनाइएको छ। स्थानीय विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूले फाउण्डेसनको पहलले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा मिलेको भन्दै धन्यवाद व्यक्त गरेका छन्।
फाउण्डेसनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।











प्रतिक्रिया