काठमाडौँ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्। घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने प्रहरी जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जङ्गलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
दाङका प्रहरी प्रमुख (एसपी) दीपक श्रेष्ठका अनुसार जिसीको शव झुन्डिएको अवस्थामा फेला परेको हो। उनका बुवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयुमा उपचाररत रहेका छन्। प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन भने आवश्यक अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया