दोलखा।
मेहेनत ग¥यो भने गाउँमै पनि आम्दानि गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् दोलखाकी किसान मिठ्ठू (नरमाया) खत्री । दोलाखको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ गुर्जपाकी मिठ्ठूले गाउँमै साना उद्योग सञ्चालन र पशुपालनबाट सात जनाको परिवार धानेकी छन् ।
हरेक दिन बिहानदेखि साँझसम्म खेती, पशुपालन र लघु उद्यममै समय बिताइ रहेको मिठ्ठू खत्री यो पेशबाट बचत गर्न नसकिएको भएपनि सात जनाको परिवार राम्रैसँग पाल्न सकेको बताउँछिन् ।
कुनै बेला गाउँमा स्वास्थ्य स्वयम सेविका रहेको मिठ्ठूलाई राजनीतिक आस्थाको कारण त्यसबाट हटाइएको तीतो अनुभव छ । उनी भन्छिन्– राजनीतिक आस्थाको कारण स्वास्थ्य स्वयम सेविकाबाट हटाइएको भएपनि खेती– किसानीबाट सन्तुष्ट छु ।
मिठ्ठू खत्रीले गाउँमा १९ वटा भेडा पालिकी छन् । ७-८ वटा गाई– भैसी पनि छन् । भेडाको उन र दुध– घ्युको बिक्रिबाट हुने आम्दानिले उनको परिवार राम्रोसंग चलिरहेको छ । उनको काममा श्रीमानले पनि सहयोग गरिरहेका छन् ।
गुर्जपामा मिठ्ठू खत्री लगायत गाउँका अरु धेरै मेहेनती किसान मिलेर महादेवथान उद्यमी समूह सञ्चालन गरिएको छ । त्यो समूहले अल्लोको धागो, कपडा र झोला उत्पादन गरेर बिक्रि– वितरण गर्दै आएको छ । समूमा २०-२२ जना सदस्य रहेको भएपनि उत्पादनको काममा भने थोरैमात्र सहभागि रहेको मिठ्ठू खत्रीले बताईन ।
महादेवथान उद्यमी समूहले उत्पादन गरेको झोला चार सयदेखी १२ सयसम्ममा बिक्रि गरिने उनले बताईन । मिठ्ठू खत्री भेडा तथा गाई– भैसी पालनसंगै अल्लोको डोरी बनाउने तालिम दिन समेत बिभिन्न ठाउँमा जाने गरेकी छन् । एक पटक तालिम चलाउन जाँदा ६० हजारसम्म आम्दानि हुने उनको भनाई छ ।
तर अझै पनि उद्यमी समूहलाई व्यवसायीक रुपमा भने सञ्चालन गर्न नसकिएको मिठ्ठू खत्रीले गुनासो गरिने । त्यसको लागि उत्पादित सामानको बजार खोज्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ ।
महादेवथान उद्यमी समूहको लागि भवन निर्माण र मेशिन खरिद गर्न वडा र प्रदेशले सहयोग गरेको छ । समूहको लागि वडाले ६ लाख रुपैया दिएको वडा नम्बर– ६ का वडा अध्यक्ष भरत पाण्डेले बताए ।
वडाले आगामी दिनमा उत्पादित सामानको बजारीकरण र थप सहयोग उपलब्ध गराउने वडा अध्यक्ष पाण्डे बताउँछन् ।











प्रतिक्रिया