दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु 

2.82k
Shares

रौतहट ।

 रौतहटमा शुक्रवार दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु  भएको छ । रौतहटको गौर पिपराको भित्री सडकको राजदेबी नगरपालिका १ पथरा स्कुल नजिकै गंगापिपराबाट गौर तर्फ जादै गरेको प्र. २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशा बाट आउँदै गरेको बी आर ३० एफ २३७० नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा प्र. २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालकदुर्गाभगबती गाउपालिका–२ पिपरा बजार निबासी ३० बर्षिय अशोक महतो र बी आर ३० एफ २३७० नम्बरको मोटरसाइकल चालक राजदेबी नगरपालिका–२ हजमिनियानिबासी २९ बर्षिय अरबिन्द महतो रहेका छन  । दुवै लाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।