काठमाडौ ।
भारतको जम्मु–कश्मीरस्थित डोडा जिल्लाको भदरवाह–चम्बा अन्तरराज्यीय सडक अन्तर्गत खन्नी टपमा सुरक्षाकर्मी बोकेको बुलेट–प्रुफ सवारी साधन दुर्घटनामा परेको छ।
उच्च हिमाली क्षेत्रमा रहेको पोस्टतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाउँदा गाडी करिब २०० फिट गहिरो खाडलमा खसेको अधिकारीहरूले बताएका छन्। दुर्घटनामा २० जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटनापछि सेना र प्रहरीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरी शवहरू निकाल्नुका साथै आवश्यक सहयोग पुर्याएका थिए। भारतमा क्षमताभन्दा बढी भार, खराब सडक अवस्था र लापरवाहीपूर्ण सवारी चालनका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।











प्रतिक्रिया